२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो भर्चुअल क्रेडिट कार्ड, ५ लाखसम्म प्रयोग गर्न सकिने

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तार गर्दै ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । कम्पनीले २० जेठदेखि लागू हुने गरी यो कार्ड सार्वजनिक गरेको हो । 

इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो । यस बैंकका ग्राहकहरूले जारी गरिएको मापदण्ड पुरा गरेर उक्त सेवा लिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन कारोबार तथा कार्ड व्यवस्थापन कामहरू गर्न सकिनेछ । 

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशत  भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ ८:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट