२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

पडकास्टिङ सिक्न चाहनुहुन्छ ? सीएमआर नेपालले दिँदैछ नि:शुल्क तालिम

काठमाडौँ । सीएमआर नेपाल जर्नलिज्म एकेडेमीले पडकास्टिङसम्बन्धी नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएका पत्रकारलाई लक्षित गरी नेपाली भाषामा तालिम प्रदान गरिने एकेडेमीले जनाएको छ ।

एकेडेमीका अनुसार तालिममा पडकास्ट निर्माण, प्रसारण/प्रकाशन र प्रवर्द्धनसम्बन्धी सीपमूलक विषयवस्तु समावेश गरिनेछ । तालिम मुख्यतया अडियोमा केन्द्रित भएपनि भिडिओसम्बन्धी केही आवश्यक सीपहरू पनि सिकाइने बताइएको छ ।

 

यो तालिम काठमाडौँस्थित एकेडमीमा ६ दिन भौतिक, त्यसपछि ६ हप्ता अनलाइन र अन्त्यमा पुन: ६ दिन भौतिक कक्षा गरेर २२ असारदेखि २० भदौसम्म सञ्चालन हुनेछ ।  

तालिमको शुल्क ९९ हजार रुपैयाँ निर्धारण गरिएकोमा छनोट भएका सहभागीहरूका लागि तालिम पूर्ण रूपमा नि:शुल्क हुने एकेडेमीले जनाएको छ ।

एकेडेमीले १२ जना सहभागी छनोट गर्नेछ । उपत्यकाबाहिरबाट आउने सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च एकेडेमीले व्यहोर्नेछ भने उपत्यकाका सहभागीको तालिम शुल्क पनि एकेडेमीले नै व्यहोर्ने छ ।

तालिमका लागि इच्छुकले ८ असार (२२ जुन २०२५) सम्ममा आवेदन दिन सक्नेछन् । यसअघि एकेडेमीबाट नि:शुल्क तालिम लिइसकेकाले यस तालिममा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

योग्य आवेदकले आफ्नो बायोडेटासहित यहाँबाट फारम भर्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २१:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट