२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित

काठमाडौं– स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग २ मा नेपालले नेदरल्यान्ड्समाथि शानदार जित निकालेको छ । नेपालको जितमा आरिफ शेख नायक बने । उनको अर्धशतकीय इनिङ्समा नेपालले नेदरल्यान्ड्विरुद्ध पाँच विकेटको जित निकाल्न सफल भयो । 

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ७८ रनको इनिङ्स खेले । उनले सात चौका र दुई छक्का प्रहार गरे । उनले ९९ बलको सामना गरेका थिए । 

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ३ चौकाको सहयोगमा ५१ बल खेल्दै अविजित ३८ रन बनाए । ओपनर कुशल भुर्तेलले २५, कप्तान रोहित कुमार पौडेलले २३, आशिफ शेखले १९, भीम शार्कीले ११ बनाउँदा गुल्शन झाले पनि नटआउट रहँदै ११ रन बनाए । ४८ औं ओभरको पहिलो बलमा उनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । 

Ncell 2
Ncell 2

नेदरल्यान्ड्सका माइकल लेभिटले २, भिभिएन किङ्ग्मा र पउल भान मीकारेनले १/१ विकेट लिए ।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटिएको थियो । 

नेदरल्यान्ड्सका लागि नोहा क्रोइसले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवर्डसले ४६ रन बनाए । यस्तै विक्रमजीत सिंहले ३८, जच लियोन क्याचेटले २७, रोलेफ भान डर मर्भेले २१ र तेजा निदामनरुले १३ रन बनाए । 

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । ९ दशमलव १ ओभर बलिङ गरेका कामीले ४८ रन खर्चिएर तीन विकेट लिएका हुन् । 

यस्तै करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । करणले १० ओभरमा ३५ रन खर्चिँदा सन्दीपले १० ओभरमा ४८ र ललितले ७ ओभरमा ३० रन खर्चिए । 

यो सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डमाथि १ विकेटको शानदार जित निकालेको थियो । २९७ रनको लक्ष्य नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै एक दिवसीयमा सबैभन्दा ठूलो रन चेज गर्दै जित निकालेको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट