२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

निष्क्रिय अकाउन्ट डिलिट गर्दै सामसङ, डेटा जोगाउन कम्तीमा एक पल्ट लगइन गर्नुपर्ने

काठमाडौँ । सामसङले आफ्ना प्रयोगकर्ताहरूका लागि एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । कम्पनीले दुई वर्षदेखि निष्क्रिय रहेका सामसङ अकाउन्टहरूलाई डिलिट गर्ने नयाँ नीति ल्याएको हो ।

यदि तपाईँले पछिल्लो दुई वर्षयता आफ्नो सामसङ अकाउन्ट लगइन गर्नुभएको छैन भने आगामी ३१ जुलाईभित्र अकाउन्ट एक्टिभ गर्नुपर्नेछ । अन्यथा त्यस्तो अकाउन्ट सधैँका लागि मेटिनेछ ।

सामसङले ग्राहकहरूलाई ईमेलमार्फत निष्क्रिय अकउन्टहरूका बारेमा जानकारी दिन थालेको छ । सामसङले पठाएको ईमेलमा भनिएको छ, “यदि कुनै अकाउन्ट डिलिट भएमा त्यसमा पहुँच पाउन सकिने छैन र अकाउन्टमा जोडिएका सबै डेटा डिलिट हुनेछन् । साथै मेटिएका अकाउन्ट र डेटा पुनः प्राप्त गर्न सकिने छैन ।” यसको अर्थ, यदि भविष्यमा सामसङका डिभाइसहरूमा फर्किन चाहनु भयो भने तपाईँले आफ्नो पुरानो अकाउन्टमा रहेका डेटा गुमाउन सक्नुहुन्छ ।

यसले विशेषगरी ग्यालेक्सी स्टोर र सामसङ हेल्थ, ग्यालेक्सी वेयरेबल्स जस्ता सामसङका एपहरू प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई असर गर्नेछ । यी सेवाहरूमा लगइन गर्न सामसङ अवश्यक आवश्यक पर्ने भएकाले डेटा गुम्ने जोखिम रहनेछ ।

आफ्नो अकाउन्ट कसरी बचाउने ?

तपाईँको सामसङ अकाउन्ट निष्क्रिय हुनबाट बचाउन एकदमै सजिलो छ । सामसङका अनुसार प्रत्येक दुई वर्षमा कम्तीमा एकपटक लगइन गरेमा अकाउन्ट सक्रिय रहेको मानिन्छ ।

तर तपाईँ भविष्यमा सामसङका उत्पादनहरूमा फर्किने योजनामा हुनुहुन्न भने आफैँ म्यानुअल रूपमा अकाउन्ट डिलिट गर्नुको साटो कम्पनीलाई नै मेटाउन दिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २२:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट