२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

ह्वाट्सएपमा अन्ततः आउने भयो युजरनेम फिचर, फोन नम्बर नदिएरै आपसमा कुराकानी गर्न मिल्ने

काठमाडौँ । विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि अन्ततः बहु प्रतिक्षित ‘युजरनेम’ फिचर ल्याउने भएको छ । यस फिचरको आगमनसँगै प्रयोगकर्ताहरूले अब आफ्नो वास्तविक फोन नम्बर शेयर नगरिकनै अरूसँग जोडिन सक्नेछन्, जसले गोपनीयतामा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

वाबेटाइन्फोले ह्वाट्सएपको हालैको टेस्टफ्लाइट बेटा भर्सनमा यो फिचर रहेको कुरा पत्ता लगाएको हो । हाल यो फिचर बेटा टेस्टरहरूका लागि समेत लाइभ नगरिएको भए पनि, यसको ‘स्ट्रिङ्स’ (सम्बन्धित कोडका अंशहरू) बेटा भर्सनमा फेला परेका हुन् । जसबाट यो फिचर आउने क्रममा रहेको सङ्केत गर्छ । यो नयाँ सुविधाले ह्वाट्सएपलाई टेलिग्राम र सिग्नलजस्ता अन्य आधुनिक मेसेजिङ प्लेटफर्मको स्तरमा ल्याउनेछ, जहाँ प्रयोगकर्ताहरूले आफ्नो छुट्टै ‘ह्यान्डल’ तथा युजरनेम रोज्न सक्नेछन् ।

यो प्रणाली विशेष गरी फोन नम्बरको गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो फिचर लाइभ भएपछि तपाईँको फोन नम्बर नभएका प्रयोगकर्ताहरूले समेत तपाईँको युजरनेम देख्नेछन् ।

नयाँ युजरनेम प्रणालीका लागि ह्वाट्सएपले केही नियमहरू पनि निर्धारण गरेको छ । जसअनुसार युजरनेमको सुरुवात ‘www.’ बाट गर्न पाइने छैन । किनभने यसले प्रयोगकर्ताहरूलाई कुनै आधिकारिक वेबसाइटसँग अन्तरक्रिया गरिरहेको भ्रममा पार्न सक्छ । त्यस्तै कम्तीमा एउटा अक्षर अक्षर (letter) हुनैपर्नेछ, जसले केवल अङ्क वा प्रतीकहरूबाट बनेका युजरनेम मात्र प्रयोग गर्ने कार्यलाई रोक्नेछ ।

साथै युजरनेमका लागि साना अक्षरहरू (a–z), अङ्कहरू (0–9), पिरियड (.) र अन्डरस्कोर (_) मात्र प्रयोग गर्न पाइनेछ । यसले सबै युजरनेमहरूमा एकरूपता र सफा संरचना कायम राख्न मद्दत गर्नेछ ।

प्रयोगकर्ताले एक पटक भ्यालिड युजरनेम छनौट गरिसकेपछि ह्वाट्सएपले ‘कन्फेटी एनिमेन’ सहित यसलाई पुष्टि गर्नेछ । त्यसपछि, कुराकानी र ग्रुप च्याटहरूमा प्रयोगकर्ताको फोन नम्बरको साटो युजरनेम देखा पर्नेछ ।

यदि प्रयोगकर्ताले आफ्नो युजरनेम परिवर्तन गरेमा ह्वाट्सएपले च्याटहरूमा एक ‘सिस्टम मेसेज’ छोडेर अरूलाई यस परिवर्तनको बारेमा जानकारी दिनेछ । यो हाल प्रोफाइल फोटो वा फोन नम्बर अपडेट गर्दा अपनाइने तरिका जस्तै हो । यसका अतिरिक्त, ह्वाट्सएपको वेब भर्सनमा आउने आगामी अपडेटले प्रयोगकर्ताहरूलाई आफूले चाहेको युजरनेम उपलब्ध छ कि छैन भनेर चेकजाँच गर्ने अनुमति पनि दिनेछ ।

कहिलेसम्म आउला ह्वाट्सएपको युजरनेम फिचर ?

यो फिचर अझै विकासकै चरणमा छ र सार्वजनिक परीक्षणका लागि रोल आउट भएको छैन । बेटा भर्सनमा यसका लागि आवश्यक ‘स्ट्रिङ्स’ देखा परेसँगै यो फिचर चाँडै नै सुरु हुने सङ्केत मिलेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १९:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट