२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

ग्राण्डीमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस सम्बन्धि सचेतना कार्यक्रम

काठमाडौं- काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस बारे जनचेतना मूलक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफ़न्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो। 

संसारभर अंग्रेजी महिनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा बिभिन्न कार्यक्रम गर्दै मनाइदै आइएको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरेपनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए। जन्मजात बाहेक नशा सम्बन्धि समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा विजुक्छेको भनाई छ । 


 

स्कोलियोसिसको समस्या छोराहरुको तुलनामा छोरीहरुमा बढी मात्रामा हुने गरेको पाईन्छ । एक जना छोरामा देखियो भने सातजना छोरीहरुमा यो समस्या देखिने सम्भावना रहेको डा विजुक्छेले बताए। 

स्कोलियोसिसको समस्या घरका बुबाआमा र स्कुलका शिक्षक तथा साथिहरुले बढी मात्रामा पत्ता लगाउने गरेका छन्। लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि र अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका समस्या रहेको उनले बताए। 

डा विजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सो र मुटुको कामलाई असर पुर्याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी  रहेको बताए। 

नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो। 

कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफ़न्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीड़ा साथै उपचार पश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका बिषयमा आफनो धारणा राखेका थिए। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ भने ग्राण्डी अस्पतालले पनि हरेक वर्ष बिभिन्न कार्यक्रम गर्दै आएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट