२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

फिडर लाइनमा लोखर्के र काग जुध्दा सिंहदरबारमा दुई घण्टा ‍बढी विद्युत अवरुद्ध

काठमाडौँ । सिंहदरबारमा बुधबार दिउँसो दुई घण्टा बढी विद्युत सेवा अवरुद्ध भएको छ । फिडर लाइनमा काग र लोखर्के जुधेर शर्ट सर्किट हुँदा त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दिउँसो करिब १ बजेदेखि दुई घण्टा बढी सेवा अवरुद्ध भएको थियो । उनका अनुसार घटनास्थलबाट मरेका काग र लोखर्के हटाएपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र सरकारी निकायहरूको नियमित कामकाज प्रभावित भएको थियो । कम्प्युटर, इन्टरनेट र अन्य विद्युतीय उपकरणहरू सञ्चालन नहुँदा सेवा प्रवाहमा असर पुगेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १६:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट