२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं ।  सरकारले जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रीपरिषदका निर्णय सावर्जनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताए । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ।

उनले भने, ‘संसद अवरुद्ध छ ।  संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानविन समिति  गठन होस् भन्ने  छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने छ ।’

यसैगरी प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए ।

त्यस्तै असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्नेलगायत १४ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


सामाग्री श्रोत :

यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट