२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

एमााले सम्बद्ध अनेरास्ववियुका आकांक्षीमा एकजना मेडिकल चिकित्सक, यसकारण डा कँडरियाको दाबी

काठमाडौं- नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन्। १० जना सचिवहरूमध्येबाट पाँच जना प्रतिष्पर्धा गर्नेगरी तयारीमा छन्। 

अध्यक्षका लागि सचिवहरू डा‍ सुजन कँडरिया, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी र आरती भट्टराईले दाबी गरेका छन्। 

तीमध्ये डा कँडरिया मेडिकल चिकित्सक हुन्। उनी बलियो दाबेदारका रुपमा देखिएका छन्। 

डा कँडरिया चिकित्सा र राजनीतिलाई एकसाथ अगाडि बढाउन सकिने धारणा व्यक्त गर्छन्। उनी राजनीतिलाई समाज सेवाको माध्यम मान्छन् र शिक्षित वर्गको राजनीतिमा सहभागिता अपरिहार्य रहेको बताउँछन्। 

अनेरास्ववियुजस्ता संगठित संस्थामा आबद्ध हुनु व्यक्तित्व विकासका लागि ‘महाविद्यालय’ सरह भएको डा. कँडरियाको अनुभव छ।

चिकित्सा शिक्षामा रहेको ज्यादति, लुट र अनियमितता विरुद्ध आन्दोलन गरी चिकित्सा शिक्षा आयोगको स्थापना तथा शुल्कमा एकरूपता ल्याउनेजस्ता आन्दोलनमा आफ्नो सहभागिता रहेको उनले बताए। ‘शिक्षित, ‘एकेडेमिकल्ली साउन्ड’ (शैक्षिक रूपमा सक्षम) वर्ग राजनीतिमा आउनु आवश्यक छ। यसले समाजको रूपान्तरणमा सहयोग पुग्छ,’ उनी भन्छन्।डा. कँडरियाले विद्यार्थी आन्दोलनलाई अध्ययन, अन्वेषण र खोज गर्ने पुस्तामा लैजान आफू नेतृत्व गर्न तयार रहेको बताए। 

नेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । पार्टीले ३२ वर्षे उमेर हद राखेका कारण चार जना उपाध्यक्ष र एक जना महासचिव अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएपछि सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो ।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट