२०८२ भाद्र २७ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र २७ शुक्रबार

महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौँ– काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। 

Ncell 2
Ncell 2

पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे। उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरे। 

उनलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो।  गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधका थिए। 

स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख गरिएको थियो। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट