काठमाडौँ । नेपाल टेलिकमले कोशी प्रदेशभित्र कम्पनीका पोल प्रयोग गर्दै आएका केबल टिभी अपरेटर र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई चालू आ.व. ०८१/८२ को पोल भाडा भुक्तानी तथा सम्झौता नवीकरणका लागि असार १५ गतेसम्मको समय दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै कम्पनीले तोकिएको म्यादभित्र भुक्तानी र नवीकरण नगर्ने सेवा प्रदायकका केबुलहरू १६ असारदेखि कुनै पनि समयमा हटाइने चेतावनी दिएको छ । पोल प्रयोगको सम्झौता बिना टेलिकमको पूर्वाधार प्रयोग गर्नेहरू स्वयं नै उत्पन्न हुने क्षति तथा जिम्मेवारीका लागि उत्तरदायी हुने समेत सूचनामा उल्लेख गरिएको छ।
“यस कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गरिरहनुभएका सम्पूर्ण Cable TV Operators र ISP हरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता तथा नवीकरण कार्य गरी अनिवार्य रूपमा आ.व. ०८१/८२ सम्मको पोलभाडा वापतको रकम मिति २०८२/०३/१५ गतेभित्र यस कम्पनीको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भु्क्तानी गर्नुहुन अनुरोध छ,” सूचनामा उल्लेख छ ।
सम्बन्धित सेवा प्रदायकहरूलाई नेपाल टेलिकमको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १०:२१
सामाग्री श्रोत :
टेक पाना