२०८२ जेष्ठ २४ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ २४ शुक्रबार

सज्जु, कृष्णदेव, बिन्दे, डाक्टर राजु र जुगलको सहकार्यक्रममा फेरि जन्मियो सबैलाई छोडेर

काठमाडौं। नेपाली भाषाका गायक सज्जु मानन्धरको स्वरमा रहेको सबैलाई छोडेर बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ।

काठमाडौंको रन्जना सिनेप्लेक्समा एक कार्यक्रमकाबिच भिडियो सार्वजनिक गरिएको हो। सो अवसरमा बोल्दै बरिष्ठ गीतकार तथा कार्यक्रमका सभापति दिनेश अधिकारीले २४ वर्ष अघि निर्माण गरिएको म्यूजिक भिडियो परिमार्जित गरेर निर्माण गर्दा झनै उत्कृष्ठ बनेको भन्दै निर्माण यूनिटलाई शुभकामना व्यक्त गरे।

सो अवसरमा बोल्दै गायक सज्जु मानन्धरले २४ वर्षपछि सोही गीत्मा पुरानै टिमसँग जोडिएर काम गर्दा मज्जा नै बेग्लै भएको बताउँदै रमाइला पक्षहरुकाबारेमा खुलेर आफ्ना रोचक किस्सा सुनाएका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै संगीतकार जुगल डंगोलले सबैलाई छोडेर नयाँ साज सज्जाका साथमा अझै परिस्कृत र समय सान्र्दभिक भएको बताएका थिए। त्यस्तै कार्यक्रममा बोल्दै भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले २४ वर्ष अघि आँफूले निर्देशक गरेको भिडियोमा फेरि जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए।

उनले २४ वर्ष अघिको समय र अहिलेको परिवर्तित समयमा प्रबिधिको विकाशसँगैको काम गर्दा आँफू पनि समयसँगै रुपान्तरित भई सबैलाई छोडेरसम्म आइपुग्दा आफ्नो कामबाट सन्तुष्ट रहेको बताए। सो अवसरमा सबैलाई छोडेरका अभिनेता बिन्दे मर्हजनले पनि आफ्ना रमाइला अनुभवका बारेमा बोलेका थिए।

भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ। डाक्टर राजु मानन्धरका शब्द सृजना रहेको सबैलाई छोडेरमा जुगल डंगोलको संगीत रहेको छ। सार्वजनिक गीतका गीतकार डाक्टर मानन्धर ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् भने हाल उनी अष्ट्रेलियामा प्राध्यापनको क्षेत्रमा क्रियाशिल छन्।

सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन्। कार्यक्रम गायक सज्जु मानन्धरकी स्वर्गिय आमा गंगादेवी मानन्धरको स्मृतिमा आयोजना गरिएको थियो।

कार्यक्रममा सभापतिका रुपमा साहित्यकार स्नेह सायमी, बरिष्ठ संगीतकार राजु सिंह, गायक सज्जु मानन्धरका पिता दिलबहादुर मानन्धर, बरिष्ठ तथा पाका गायक भिम तुलाधर, लोकप्रिय संचारकर्मी सुष्मा श्रेष्ठ, सुमन सायमी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

भव्य रुपमा सम्पन्न कार्यक्रममा निर्माण यूनिटका सदस्य तथा कार्यक्रममा उपस्थित बरिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रम केडी रुपाखेती क्रियशनको आयोजनामा सम्पन्न भएको थियो।


सामाग्री श्रोत :

सज्जु, कृष्णदेव, बिन्दे, डाक्टर राजु र जुगलको सहकार्यक्रममा फेरि जन्मियो सबैलाई छोडेर

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट