२०८२ जेष्ठ २२ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ २२ बुधबार

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी। यहाँको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराइरहेका, गम्भीर मुटुरोगी (ओपन हर्ट सर्जरी), क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीहरुका लागि जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्न बिरामीहरूले सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ।

सबै प्रक्रिया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए। गाउँपालिकाभित्र उक्त प्रकृतिका हाल ७५ बिरामी रहेका छन्। छत्रकोट गाउँपालिकाले विपन्न बिरामीका लागि पनि रोगको प्रकृति हेरेर रु १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।


सामाग्री श्रोत :

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट