२०८२ जेष्ठ २२ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ २२ बुधबार

यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्‍याउने प्रयास जारी

काठमाडौं। सरकारले यातायात क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नेगरी अहिले राति राति छलफल जारी राखेको छ। सोमबार बिहान ८ बजेदेखि सरकारी प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएकामा अहिले निष्कर्षमा पुर्‍याउनेगरी सरकारी प्रतिनिधिको प्रयास जारी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी बैठकलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल चलिरहेको सरकारकातर्फबाट छलफलमा सहभागी गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। उनले भने, ‘वार्ता टुंग्याउने गरी अहिले राति पनि छलफल गरिरहेका छौँ, केही निकास आउने आशा छ।’

यसअघि सोमबार बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी छन्।

यातायात व्यवसायीहरूले पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोली छलफलका लागि बनाएको थियो। सोही टोलीबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो। त्यसपछि दुवै पक्षका वार्ता टोलीका प्रतिनिधिबीच यातायात मन्त्रालयमा सुरु भएको छलफल अहिले पनि जारी रहेको हो।

छलफलमा सहभागी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वार्ता सकेर पुनःभोलि बस्ने भनेर निस्किए पनि सरकारी टोलीले बोलाएपछि फेरि वार्ता सुरु भएको जानकारी दिए।रासस


सामाग्री श्रोत :

यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्‍याउने प्रयास जारी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट