काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको फोर्थहिलमा हुने खेल नेपाली समय अनुसार सोमबार दिउँसो ३ः४५ देखि सुरु भएको छ ।

नेदरल्यान्ड समेत रहेको लिग–२ मा नेपालले आफ्नो १३ औँ खेल खेल्न लागेको हो । यो खेल आईसीसीको वेबसाइट र मोबाइल एपबाट प्रत्यक्ष हेर्न सकिन्छ ।
वेबसाइटमा खेलको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् र फेसबुक, गुगल वा एप्पल आईडीबाट साइन इन गर्नुहोस् । यदि तपाईँले आईसीसी टिभीको लागि पहिले नै अकाउन्ट बनाउनु भएको छैन भने यहाँ क्लिक गरेर साइनअप गर्न सक्नु हुन्छ ।
यसैगरी मोबाइल एपमा खेलको लाइभ हेर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर अनि आईओएसका लागि यहाँ क्लिक गरेर साइन इन गर्नुहोस् । साइन इन गरेर तपाईँले आईसीसीको वेबसाइट तथा मोबाइल एपबाट निःशुल्क रूपमा नेपाल र स्कटल्यान्डबिच चलिरहेको क्रिकेट लाइभ हेर्न सक्नु हुन्छ ।

सिरिजको १२ खेलमा २ खेलमा मात्र जितेको नेपाल ८ खेलमा हार भोग्दै ६ अङ्क सहित तालिकाको पुछारमा छ । लिगको १६ खेलमा ९ खेलमा जित, ५ खेलमा हार भोगेको स्कटल्यान्ड भने लिग तालिकाको चौथो स्थानमा छ । लिगको २० खेलमा १२ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अङ्क बाँडेको नेदरल्यान्ड भने २६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।
समान खेलबाट १४ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको अमेरिका २८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १६:६
सामाग्री श्रोत :
टेक पाना