२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

यात्रुबाट बढी भाडा असुल्न खोज्ने १५ राइडर कारबाहीमा

काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने १५ जना राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय  कास्कीले सोमबार पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा १५ जना राइडरलाई कारबाही गरेको हो ।

प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो । 

“राइडर र यात्रुबिच एपबाटै भाडाको सहमति भइसकेको हुन्छ । त्यही सहमति अनुसार राइडरले गन्तव्यसम्म पुर्‍याइदिने रहेछन्,” टेकपानासँग कुरा गर्दै प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “गन्तव्यमा पुगिसकेपछि पहिले सम्झौता भएको भाडा कम भयो, बढी दिनुस् भन्ने रहेछन् । यसरी बढी भाडा असुल्न खोजेको भन्दै गुनासो आएको थियो ।”

अहिले गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै  सेवा ठप्प पारेका छन् । यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारण गन्तव्यमा पुग्न राइड शेयरिङ प्रयोग गरिरहेका छन् । 

यही मौकामा केही राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि राइड शेयरिङ प्लेटफर्मले एपमा देखाइएको भाडा मात्र तिर्न आग्रह गरेका छन् । जिप्रका कास्कीले आइतबार पनि मनलाग्दी भाडा असुलेको फेला पारेपछि आठ राइडरलाई कारबाही गरेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २०:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट