२०८२ असार १० मंगलवार
२०८२ असार १० मंगलवार

पाँचौं वर्षमा लाग्यो सीजी नेट, १४ जिल्लामा ८० हजार बढी ग्राहक

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सीजी नेट पाँचौं वर्षमा प्रवेश गरेको छ । १ जुन ‍२०२१ देखि औपचारिक रूपमा सेवा सुरु गरेको सीजी नेटले आइतबार सफलतापूर्वक चौंथो वर्ष पार गरेको हो ।

सीजी नेटले इन्टरनेट सेवामा प्रतिस्पर्धा मूल्य ल्याउँदै सस्तो दरमा उच्च गतिको इन्टरनेट उपलब्ध गराएपछि चर्चा पाएको थियो । विशेषगरी मासिक ९९९ रुपैयाँमै १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेपछि प्रयोगकर्ताले पहिलो पटक १००० रुपैयाँ भन्दा कम मूल्यमा तीव्र गतिको इन्टरनेटको अनुभव गर्न पाएका थिए । यसले बजारमा एक किसिमको तरङ्ग नै पैदा गर्‍यो ।

‘ग्राहक पहिलो’को अवधारणालाई आत्मसात गर्दै अघि बढिरहेको सीजी नेटले ‘फास्टेस्ट फिक्स विदइन फास्टेस्ट सिक्स’ (Fastest Fix within Six) मोडेललाई प्राथमिकतामा राखेको छ । यो मोडेल अन्तर्गत ग्राहकको कुनै पनि इन्टरनेट सम्बन्धी समस्या छ घण्टाभित्र समाधान गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हालसम्म सीजी नेटले १४ जिल्लामा आफ्ना २१ शाखामार्फत ८० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सुलभ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराएको कारण छोटो समयमा लोकप्रिय बन्न सफल भएको कम्पनीको दाबी छ । स्थापना कालदेखि नै गुणस्तरीय सेवा किफायती मूल्यमा दिनेमै केन्द्रित रहेको बताइएको छ । आगामी दिनमा सेवा विस्तार र ग्राहक सुविधामा नवीनता ल्याउने योजना कम्पनीको छ ।

पाँचौं वर्षमा प्रवेशको अवसरमा कम्पनीले नयाँ आकर्षक अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले १५०, २५० र ३५० एमबीपीएस गतिको इन्टरनेट प्लानमा २,५०० रुपैयाँसम्म नगद छुट पाउनेछन् । नगद छुट नलिने ग्राहकले १५० र २५० एमबीपीएस इन्टरनेटमा थप तीन महिना र ३५० एमबीपीएस इन्टरनेटमा चार महिनाको बोनस पाउने कम्पनीले जानकारी दिएको छ । यी अफर लिन ग्राहकले १२ महिनाको प्लान खरिद वा नवीकरण गर्नुपर्ने छ ।

त्यस्तै, सन् २०२१ को जुन महिनामा सेवा जडान गरी हालसम्म पनि निरन्तर प्रयोग गरिरहेका ग्राहकलाई कम्पनीले चार महिनाको ‘लोयल्टी बोनस’ दिने घोषणा गरेको छ । साथै, सानो तथा मध्यम आकारका कार्यालयका लागि कम्पनीले ल्याएको ‘अफिस प्याकेज’ मा २० प्रतिशत छुट घोषणा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १४:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट