२०८२ जेष्ठ २२ बुधबार
२०८२ जेष्ठ २२ बुधबार

राजतन्त्र माग्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको टिप्पणी गरेका छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताएका हुन्।

उनले भने, ‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठूलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठूला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ। दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ। केही छैन।’

राजतन्त्रको माग लिएर आउनेहरूको चेतना देख्दा दया लागेर आउने ‌ओलीले टिप्पणी गरे।

त्यस्तै संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन्।

‘यसरी चल्दैन। तपाईँहरू तयारी भएर बस्नुहोस्। उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने। संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए।

त्यसैगरी ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए।

‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य प्रमाण केहीले छोएको छैन। एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कसैको माग्यो, नभए संसद् अवरोध यस्तो हुँदैन।’

संसद् अवरोध गर्ने कार्य प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भएको पनि उनले बताए।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट