काठमाडौं- नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल को अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दिएका छन्।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका साथै निर्वाचन प्रक्रिया अघि बढाइएको हो। अध्यक्ष पदमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष रहेका त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका हुन्।
एक महिलासहित दुई उपाध्यक्ष पदमा निवर्तमान महासचिव डा सन्तोष पौडेल, पुष्पराज खनाल, रुपा केसी, शारदा खनाल, अन्जु बस्नेतले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा निवर्तमान उपमहासचिव अमृता बराल र निवर्तमान निर्वाचन आयोगका अध्यक्ष रहेका मदन ओलीले उम्मेदवारी दिएका छन्। उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलले उम्मेदवारी दिएका छन भने सचिव पदमा डा प्रशान्त आचार्य, चन्द्र सुनार, प्रकाश सेवा, डा धर्मेन्द्र यादव, सिद्ध ढुंगाना, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल गरी ९ जनाको उम्मेद्वारी परेको छ ।
सामाग्री श्रोत :
swasthyakhabar

