काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै तालिम प्रदायक संस्था ‘प्रशिक्षण’ले आगामी जुन ४ देखि सुरु हुने ‘करियर कन्क्लेभ २०२५’ मा निःशुल्क आईटी तालिम प्रदान गर्ने भएको छ ।

उक्त तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, प्रोग्रामिङ (आधारभूतदेखि मध्यम तहसम्म), इन्टरनेट अफ थिङ्स (आईओटी), वेबसाइट डेभलपमेन्ट तथा गेम डेभलपमेन्टलगायतका विषयमा सहभागीलाई तालिम प्रदान गर्न लागिएको हो ।
विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा करियर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको संस्थाले जनाएको हो ।
तालिममा सहभागीहरूले उद्योगमै कार्यरत विज्ञ प्रशिक्षकबाट कक्षा लिने, व्यवहारिक अभ्यास गर्ने, परियोजना निर्माणमा संलग्न हुने र तालिम पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

सीमित सिट मात्र उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । तालिममा सहभागी हुन इच्छुकले यो लिङ्कमा गई गुगल फर्म भर्नुपर्न पर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १२:४५
सामाग्री श्रोत :
टेक पाना