काठमाडौँ । अब केही पुराना स्मार्टफोनमा ह्वाट्सएप चल्दैन । मेटाले यसअघि नै घोषणा गरेको निर्णयअनुसार हिजो अर्थात् जुन १, २०२५ देखि एन्ड्रोइड ५.० वा सोभन्दा पुराना संस्करण र आईओएस १५ वा सोभन्दा पुराना अपरेटिङ प्रणालीमा आधारित फोनहरूमा ह्वाट्सएप सेवा बन्द भएको हो ।

अनुसार यस्ता अपरेटिङ प्रणालीमा अब एप्पल र गुगलबाट सुरक्षा अपडेट नआउने भएकाले ती डिभाइसमा ह्वाट्सएप चल्नु प्रयोगकर्ताको सुरक्षाका लागि जोखिमपूर्ण मानिएको मेटाले जनाएको छ ।
अब ह्वाट्सएप नचल्ने एप्पलका मोडेलहरूमा आईफोन फाइभ एस, आईफोन ६, आईफोन ६ प्लस, आईफोन ६एस, आईफोन ६एस प्लस र पहिलो पुस्ताको आईफोन एसई रहेका छन् ।
एन्ड्रोइड फोनतर्फ ह्वाट्सएप नचल्ने मोडेलहरूमा सामसङ ग्यालेक्सी एस ४, सामसङ ग्यालेक्सी नोट ३, सोनी एक्सपेरीया जेड १, एलजी जी२, ह्वावे एसेन्ड पी ६, मोटो जी (पहिलो पुस्ता), मोटोरोला रेजर एचडी र मोटो ई २०१४ समावेश छन् ।

यदि तपाईंको मोबाइलमा अझै सिस्टम अपडेट गर्न सकिने सम्भावना छ भने आईओएस १५.१ वा एन्ड्रोइड ५.१ मा अपग्रेड गरेपछि ह्वाट्सएप पुनः प्रयोग गर्न सकिने सम्भावना छ । तर धेरैजसो मोडेलमा अब यस्तो अपग्रेडको सुविधा उपलब्ध छैन । यसकारण नयाँ फोन किन्नुपर्ने बाध्यता देखिएको छ ।
प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई सुनिश्चित गर्नु यस्तो कदम चालेको मेटाले जनाएको छ ।
ह्वाट्सएप बन्द भइसकेपछि च्याट तथा मिडिया सुरक्षित राख्न प्रयोगकर्ताले आफ्नो पुरानो फोनबाट गुगल अकाउन्टमा ब्याकअप लिन सक्नेछन् । त्यसपछि नयाँ डिभाइसमा ह्वाट्सएप पुनः इन्स्टल गरी ती डेटा फिर्ता ल्याउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ६:३९
सामाग्री श्रोत :
टेक पाना