२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

पञ्जाब किङ्स आईपीएलको फाइनलमा, मुम्बई विरुद्ध अयरको विस्फोटक ब्याटिङ

काठमाडौँ – पञ्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । पञ्जाबले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले २०४ रनको लक्ष्य १९ ओभरमै पछ्याएर पूरा गर्‍यो । कप्तान श्रेयस अयरले छक्का हानेर टिमलाई जित दिलाए । उनले ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले । उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए । श्रेयसबाहेक नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रन बनाए । उता मुम्बईका अश्विनी कुमारले २ विकेट लिए । 

टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४–४४ रनको पारी खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका लागि अजमतुल्लाह उमरजईले २ विकेट लिए । पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । अब उसले ३ जुनमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग फाइनल खेल्नेछ ।

आरसीबीले क्वालिफायर–१ मा पञ्जाबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको यात्रा क्वालिफायर–२ मा आएर समाप्त भयो । मुम्बईले एलिमिनेटरमा गुजरातलाई हराएको थियो, तर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टिम क्वालिफायर–२ पार गर्न असफल रह्यो । पञ्जाब र आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, त्यसैले यो पटक प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट