२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

फोनमा टाइपिङ गर्न झ्याउ लाग्छ ? यस्तो छ नेपाली/अङ्ग्रेजी जुनसुकै भाषामा बोलेकै भरमा लेख्ने तरिका

काठमाडौँ । च्याट गर्दा होस् वा कुनै लिखित सामग्री तयार पार्न, पोस्ट लेख्न आदि कामका लागि बेलाबेला मोबाइलमा टाइपिङ गरिरहनु पर्छ । यसका लागि विभिन्न किबोर्ड एपहरू उपलब्ध छन् ।

गुगलको किबोर्ड एप जीबोर्डमा आएको पछिल्लो अपडेटसँगै अब मोबाइलमा टाइपिङ गर्न औँला चलाइरहनु पर्ने बाध्यता पनि हटेको छ । आज हामी तपाईँलाई बोलेकै भरमा आफूले चाहेको भाषामा मोबाइलमा टाइपिङ गर्ने तरिका बताउँदै छौँ ।

  • सबैभन्दा पहिला आफ्नो मोबाइलमा टाइपिङ गर्ने कुनै ठाउँमा जानुहोस् (मेसेज, डक्स, नोट आदि) । किबोर्ड एपको रूपमा जिबोर्ड इनेबल गर्नुहोस् । अब किबोर्डको दायाँतर्फ बिच भागमा देखिएको माइक्रोफोनमा ट्याप गरेर चाहेको कुरा बोल्नुहोस्, जुन माथि आफैँ अक्षरमा टाइपिङ हुन थाल्छ । किबोर्डले कुन भाषामा टाइपिङ गरिरहेको छ भन्ने कुरा माइक्रोफोनको आइकनसँगै सङ्केतको रूपमा देखिन्छ ।

 

  • यसमा तपाईँले जुन भाषा सेट गर्नु भएको छ, सोही भाषामा टाइपिङ हुन्छ । यदि नेपाली वा अन्य कुनै भाषामा टाइपिङ गर्न चाहनु हुन्छ भने तलतर्फ फर्केको तिर आइकनमा थिच्नु होस् अथवा किबोर्डको मेनु आइकनमा थिचेर वा तल English/नेपाली लेखिएको स्पेस बटनमा थिचेर ल्याङ्वेज सेटिङमा प्रवेश गर्नु होस् ।

  • अब प्लस (+) सिम्बोलसँगै रहेको Add keyboard लेखिएको भागमा दबाउनु होस् र आफूले टाइपिङ गर्न चाहेको भाषा रोज्नुहोस् र Done गर्नुहोस् । 

  • बोलेरै टाइपिङ गर्दा तपाईँलाई किबोर्डका अक्षरहरू हेरिरहनु पर्दैन । त्यसलाई हटाएर टाइपिङ गर्ने स्थान फराकिलो बनाउन माइक्रोफोन आइकन सँगै रहेको तलतर्फ फर्केको तीर आइकनमा दबाउनु होस् ।

  • त्यहाँ तल पुछारमा बारभित्र सुरुमा GB देखिन्छ, त्यसमा थिच्नु भयो भने किबोर्डमा थप गरिएका भाषासहित इमोजी, ट्रान्सलेट, क्लिपबोर्ड जस्ता विकल्प खुल्छन् । 

अझै धेरै खाली ठाउँ चाहिन्छ भने भर्टिकल टूलबारमा स्विच गर्न पनि सक्नु हुन्छ । त्यससँगैको किबोर्डको आइकनमा दबाउँदा औँलाले टाइपिङ गर्ने किबोर्ड माथि आउँछ । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १४:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट