२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

गैरसरकारी संस्थाका लागि निःशुल्क वेबसाइट बनाइदिँदै कम्प्युटर विज्ञानका विद्यार्थी

काठमाडौँ । कम्प्युटर विज्ञानमा स्नातक गरिरहेका विद्यार्थीहरूले गैरसरकारी संस्थाका लागि निःशुल्क वेबसाइट बनाउने घोषणा गरेका छन् । विद्यार्थीले सञ्चालन गरिरहेको ‘कोडिङ फर सोसल गुड नेपाल’ले वेबसाइट बनाउन चाहने गैरसरकारी संस्थालाई सम्पर्कमा आउन आग्रह गरेको हो । 

संस्थाको “कोड फर च्यारिटी” कार्यक्रममार्फत विभिन्न गैरनाफामुखी संस्थाहरूका लागि नि:शुल्क वेबसाइट डेभलप गरिने संस्थाका सभापति आशिष पन्थीले बताए । उनका अनुसार यसअघि दुई ओटा संस्थाको लागि वेबसाइट बनाउने काम पूरा भइसकेको छ । हालसम्म नेसनल एडलसेन्ट ब्वाइज नेपाल (एनएबीएन) र “सस्टिनेवल एक्सन अफ्रिका” नामक गैर नाफामुखी संस्थाको वेबसाइट बनाइएको उनले सुनाए ।  एनएबीएनको वेबसाइट तयार गर्न भने अमेरिकास्थित डुक विश्वविद्यालयको टेक्निफाइ स्टुडेन्ट अर्गनाइजेसनका विद्यार्थीहरूसँग समेत सहकार्य गरिएको थियो ।

वेबसाइटका  लागि चाहिने होस्टिङ र डोमेनको खर्च बाहेक सम्पूर्ण प्राविधिक काम निःशुल्क गर्दै आएको पन्थीको भनाई छ । उनले भने, “सकेसम्म जुन संस्थाको वेबसाइट बनाउने हो, उहाँहरूलाई नै होस्टिङ र डोमेन सेटअप गर्न भन्छौँ । त्यसपछि उहाँहरूले डेपलपमेन्टका लागि एक्सेस दिन सक्नुहुन्छ ।” 

संस्थाले नै होस्टिङ र डोमेन सेटअप गर्ने हो भने त्यसमा लाग्ने खर्च पारदर्शी भएर लिने गरेको दाबी उनले गरे । सो बाहेक वेबसाइट डेभलपमेन्टको प्राविधिक काममा कुनै खर्च लिने नगरिएको उनको भनाई छ । वेबसाइट बनाइएपछि पनि संस्थाले एक वर्षसम्म वेबसाइटलाई चाहिने अन्य प्राविधिक सहयोग दिइने जनाएको छ । 

सन् २०२३ मा स्थापना भएपनि गत वर्ष काठमाडौँमा दर्ता भएर कोडिङ फर सोसल गुड नेपाल सञ्चालनमा आएको हो । कम्प्युटर विज्ञान पढिरहेका विद्यार्थीले खोलेको उक्त संस्थाका अध्यक्ष विवेक भण्डारी काठमाडौँमा बस्छन् । संस्थामा संलग्न अधिकांश सदस्य भने बुटवलमा कार्यरत छन् । कोड फर सोसल गुड नेपालको कोर टिममा ६ जना रहेको उनले बताए । 

त्यस बाहेक टिममा कक्षा १२ सक्काएर बसेका तथा स्नातक सुरु गरेका विद्यार्थीलाई तालिम दिएर स्वयंसेवकको रूपमा खटाइन्छ । संस्थामा स्वयंसेवकका रूपमा काम गर्न चाहनेका लागि सामाजिक सञ्जाल र वेबसाइटमार्फत फाराम खुलाउने गरिएको छ । धेरैको आवेदन आउने भएकाले अन्तर्वार्तामार्फत स्वयंसेवक छनोट गर्दै आएको पन्थीले बताए । 

हाल भने संस्थासँग कुनै परियोजना नभएकाले नयाँ परियोजनाहरू खोजी भइरहेको उनले बताए । “समाजलाई केही सकारात्मक प्रभाव पारिरहेका र अनलाइन प्रेजेन्स खोजी रहेका संस्थालाई प्राविधिक सहयोग उपलब्ध गराउन खोजी रहेका छौँ,” उनले थपे ।

दर्ता भएका वा नभएका संस्थालाई वेबसाइट बनाउन तथा सञ्चालन गर्न प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए । आफ्नो वेबसाइट बनाउन चाहने संस्थाले यहाँ क्लिक गरेर फाराम भर्न सक्नेछन् । “कोड फर च्यारिटी”बाहेक संस्थाले कम्प्युटर विज्ञान विषयका बारेमा सचेतनाका कार्यक्रम र अनलाइन वर्कशप पनि सञ्चालन गर्दै आएको छ । विद्यालयमा पुगेर कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर साइन्स क्लब खोल्न सघाउने र सञ्चालन गर्ने खालका जानकारी समेत दिने गरिएको छ । 

प्राविधिक सिप भएका विद्यार्थीले थप सिक्न सकुन् भनेर कोड फर च्यारिटी सञ्चालनमा ल्याइएको पन्थीले बताए । यो परियोजनाले विद्यार्थीको ज्ञान थप निखारिने र संस्थाहरूलाई पनि फाइदा पुग्ने उनको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ २२:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट