२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

राजावादीले आक्रमण गरे प्रतिवादमा उत्रिन कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । प्रचण्डले राजावादीहरुले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरेको आरोप लगाए । 

उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सवै जनताको भएको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कुप्रचार गरिरहेको उनले बताए । 

त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनबिरुद्ध संघर्ष गर्दै गणतन्त्रको बिकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहो¥याउने जिम्मेवारी र चूनौति माओवादीको काँधमा रहेको उल्लेख गरे । 

उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।

प्रचण्डले आफुहरुको अभियान फेरी सुरु हुने र जनतासंग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर गरे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट