२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

अमेरिकी प्रतिबन्धका बाबजुद आफ्नै ३ एनएम चिप बनाउँदै ह्वावे, एक वर्षभित्र उत्पादन थाल्ने !

काठमाडौँ । अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ प्रविधि कम्पनी ह्वावे र चिप निर्माता सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्प (SMIC) ले अत्याधुनिक ३ न्यानोमिटर (nm) चिप्स विकास गर्ने महत्त्वाकाङ्क्षी योजनामा ​​काम गरिरहेका छन् । सन् २०२६ सम्ममा ३ एनएम चिपको उत्पादन सुरु गर्ने ह्वावेको लक्ष्य छ ।

सन् २०१९ मा अमेरिकाले ह्वावे लगायतका चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । यसले ह्वावेलाई क्वालकम र इन्टेल जस्ता अमेरिकी फर्महरूबाट आवश्यक कम्पोनेन्टहरू प्राप्त गर्नबाट रोकेको थियो । विशेषगरी अत्याधुनिक सेमिकन्डक्टरहरूमा चिनियाँ कम्पनीको पहुँच बन्द गरिदिएको थियो । सन् २०२० देखि चीनले एएसएमएल जस्ता कम्पनीहरूबाट एड्भान्स चिप निर्माण प्रणाली, एक्स्ट्रिम अल्ट्राभायोलेट (EUV) लिथोग्राफी प्रविधिमाथिको पहुँच गुमाएको छ । ईयूभीले चिप निर्माण प्रक्रियालाई सरल बनाउँछ, जुन एकदमै महँगो प्रविधि हो ।

गत वर्षदेखि एएसएमएललाई चीनमा दोस्रो-स्तरको डिप अल्ट्राभायोलेट (DUV) लिथोग्राफी मसिनहरूको सबैभन्दा एड्भान्स संस्करणहरू बेच्न पनि प्रतिबन्ध लागेको छ । यी प्रतिबन्धहरूले ह्वावेलाई एड्भान्स एआई चिपको उत्पादनमा सुधार ल्याउन व्यवधान पुर्‍याएको छ ।

ह्वावेले हालै आफ्नो मेट ६० प्रो स्मार्टफोन र मेटबुक फोल्ड ल्यापटप जस्ता डिभाइसहरूमा प्रयोग हुने किरिन ९००० एस / किरिन एक्स ९० जस्ता चिप तयार पारेको छ । यद्यपि ह्वावेले यसलाई ‘५ एनएम चिप’ भनेको छ ।

विभिन्न चुनौतीहरूका बाबजुद ह्वावेले चीनको घरेलु सेमिकन्डक्टर उद्योगका लागि ३ एनएम चिप उत्पादनको अनुसन्धान र विकास आधिकारिक रूपमा सुरु गरिसकेको छ । सन् २०२६ मा डिजाइन ‘टेप-आउट’ गर्ने र उत्पादन सुरु गर्ने उसको लक्ष्य रहेको छ । एसएमआईसी ३ एनएम चिप उत्पादनमा ह्वावेको म्यानुफ्याक्चरिङ साझेदार हुनेछ ।

चीन सरकारले सेमिकन्डक्टर क्षेत्रमा अर्बौँ युआन लगानी गरी घरेलु अनुसन्धान, शिक्षा, र उत्पादनलाई बढावा दिएको छ । यदि ह्वावे र एसएमआईसीले ३ एनएम चिप उत्पादनमा आंशिक सफलता मात्रै प्राप्त गरे भने पनि त्यो चीनका लागि सेमिकन्डक्टरको आत्मनिर्भरता तर्फको साङ्केतिक र रणनीतिक कोसेढुङ्गो हुनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १७:१२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट