२०८२ जेष्ठ २१ मंगलवार
२०८२ जेष्ठ २१ मंगलवार

राजावादीहरु कताकताबाट पैसा ल्याएर भाडाको मान्छेलाई उफारिरहेका छन्  : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप लगाएका छन्।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन्। पैसा त उनीहरूले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु। तपाईंहरूले देखिराख्नुभएको छ,’ प्रचण्डले भनेका छन्।

उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे।

‘त्यसकारण, हामी जाइलाग्ने चाहीँ होइन। उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन्। छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्। यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्। गर्नैपर्छ।’

त्यसक्रममा प्रचण्डले नुवाकोटमा शनिबार भएको एक कार्यक्रममा एउटा राजावादी त्यस्तै छाडा व्यवहार देखाएको स्मरण गरे। 

‘म हिजोको नुवाकोटको घटना मात्र सुनाउँछु। म बोल्दै थिएँ। एउटा राजावादी अराजक रहेछ। म प्रश्न गर्छु गर्छु भन्दै आक्रोशित भयो’, उनले भने ‘मैले राजावादीको वैचारिक र राजनीतिक आलोचना गर्दै थिएँ उसलाई सही सक्नुभएनछ।’

नुवाकोटमा भएको कार्यक्रममा जनार्दन अधिकारी नामका राप्रपाका स्थानीय नेताले प्रचण्डले सम्बोधन गर्दागर्दै बिचमै प्रश्न गरेका थिए। सो क्रममा अधिकारीमाथि हातपात भएको थियो। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट