काठमाडौँ– गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आज सुन तोलामा रु ३०० ले बढेको छ। सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ