२०८२ जेष्ठ २० सोमबार
२०८२ जेष्ठ २० सोमबार

राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ

काठमाडौँ । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी भिडिओ राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार भिडिओ पाँच दिन अगाडिको हो । “भिडिओमा आरोपित युवक ट्रकमा बसेर छेउमा राउटे समुदायका युवती राखेर भिडिओ बनाइरहेको देखिन्छ,” प्रहरी निरीक्षक भण्डारीले भने, “भिडिओमा दुर्व्यवहार गरेको देखिएपछि सुर्खेतमा उजुरी परेको थियो ।”

उजुरीपछि आरोपित शाही खोज्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई दैलेखको टुनिबगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपछि जिप्रका दैलेखले आरोपित शाहीलाई जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतको जिम्मा लगाएको थियो ।

जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार आरोपित युवकमाथि साइबर अपराध तथा दुर्व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ । 

यसअघि पनि एक युट्युबरले राउटे युवतीको अश्लील भिडिओ बनाएर सामाजिक सञ्जालका माध्यममा सार्वजनिक गरेका थिए । उक्त भिडिओ भाइरल भएपछि युट्युबर पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १०:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट