२०८२ जेष्ठ २० सोमबार
२०८२ जेष्ठ २० सोमबार

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

किएभ। रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।

रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ।

हालैका हप्ताहरूमा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको संकेतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताएका थिए।

युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताएका थिए।

गत वर्ष कुर्स्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाले लडेपछि रुसी सेनाको सङ्ख्या बढ्न थालेको उनले बताए।

रुसले हालै कुर्स्कको लगभग सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिएको छ।

सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण सुरु गरेको रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ। जारी द्वन्द्वका कारण दुवै पक्षका दशौँ हजार सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।

वासिङ्टनले युद्धविरामका लागि कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ, तर किएभ र मस्कोले एकअर्कालाई शान्ति नचाहेको आरोप लगाउँदै आएका छन्।

मे १६ मा भएको वार्तापछि क्रेमलिनले सोमबार इस्तानबुलमा थप वार्ताको प्रस्ताव गरेको छ।

किएभले इस्तानबुलको बैठकमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताएको छैन र उसले मस्कोलाई तत्काल आक्रमण रोकी युद्धविराम गर्न माग गरिरहेको छ।


सामाग्री श्रोत :

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट