२०८२ जेष्ठ २० सोमबार
२०८२ जेष्ठ २० सोमबार

प्रचण्डलाई लिङ्देनको जवाफ : विचरा उहाँलाई पीर परेको छ, आफूले पैसा दिएर जुलुसमा मान्छे ल्याएको सम्झिनुभएको होला

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले आज नुवाकोट पुगेर राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए ।

प्रचण्डले भनेका थिए, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’

त्यसको जवाफमा लिङदेनले आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो अनुभव सुनाएको बताए ।

उनले भने, ‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो । त्यसैले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पिर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ । उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज गर्नुभएको थियो । उहाँहरूलाई थाहा छ– खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला । त्यसमा मेरो टिप्पणी छैन ।’

लिङदेनले जनताको मद्दत यसैगरी पुग्यो भने सरकारलाई झुकाइछाड्ने बताए । अहिले जनसमर्थन नपुगे पनि आफूहरू निरन्तर लागिराख्ने उनले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट