२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

ग्रान्डी सिटी अस्पताल र एन्जल फर्टिलिटी क्लिनिकलाई दुर्लभ सफलता, पाठेघरको क्यान्सरमा पाठेघर ननिकाली बच्चा जन्माउन सफल

काठमाडौं- ग्रान्डी सिटी अस्पताल र एन्जल फर्टिलिटी क्लिनिकमा पाठेघरको क्यान्सर भएकी एक महिलाले पाठेघर ननिकाली बच्चा जन्माउन सफल भएकी छन्। ग्रान्डी सिटीअस्पताल र एन्जल फर्टिलिटी क्लिनिकको संयुक्त प्रयासमा दुर्लभ मानिने उक्त केस नेपालमा नै पहिलोपटक गर्न सफल भएको डा सुरेश कायस्थले बताए। 

महिलालाई के समस्या थियो?
महिनावारी गडबड हुने समस्या पहिलेदेखि नै भएकोले ती महिला नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। धेरै औषधि उपचार पश्चात पनि नभएपछि एन्जल फर्टिलिटी सेन्टरले डा कायस्थलाई उक्त बिरामी रेफर गरिएको थियो। बिरामीलाई डा कायस्थसहित चार पाँच जनाको टिमले हेरेपश्चात मात्रै उनको सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो। सर्जरी अगाडि डा कायस्थको टिमले समस्या पहिचानका लागि हिस्टेरोस्कोपी अर्थात् दूरबिनबाट  पाठेघर हेरेको थियो। त्यसरी हेर्दा महिलाको पाठेघरमा मासु पलाएको र क्यान्सर पनि भेटिएको थियो। पाठेघरमा बच्चा बस्ने स्थानमा नै क्यान्सर भएको निर्क्योल पश्चात उपचार प्रक्रिया अगाडि बढाइएको डा कायस्थ बताउँछन्। 

यसअघि यस्तो केसमा पूर्णरूपमा पाठेघरै निकालेर मात्रै उपचार सम्भव भएको डा कायस्थको दाबी छ। बिरामीको बच्चा नै नभएको तथा पहिलो चरणको क्यान्सरमा औषधि उपचार गरेर पनि बच्चा पाउने स्थिति बनाउन सकिने अवस्था रहेकोले बिरामीको आँट र चिकित्सकको  सहयोगले यो दुर्लभ सल्यक्रिया सम्पन्न भएको उनी बताउँछन्।

उपचारका क्रममा पाठेघर नफालिएको र बिरामीलाई हर्मन थेरापीमा राखिएको थियो। त्यतिबेला पाठेघरमा औषधि पनि राख्ने तथा खान पनि दिएको थियो। जसले रोगलाई नियन्त्रणमा लिन सजिलो भएको हो। 

बिरामी डिस्चार्ज, आमा र बच्चा दुवै स्वस्थ
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अस्पतालबाट डिस्चार्ज गरिसकेको उनी कायस्थ बताउँछन्। शल्यक्रिया पश्चात दुई दिनको अस्पताल बसाईपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो।  क्यान्सरको उपचार नभएकोले अझै पनि क्यान्सर भने फैलिन सक्ने सम्भावना रहेकोले निरन्तर चिकित्सकको परामर्शमा रहन डा कायस्थको सुझाव छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट