२०८३ भाद्र ३० मंगलवार
LATEST NEWS
२०८३ भाद्र ३० मंगलवार

सचिव डिल्लीराम शर्माले सम्हाले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्माले जिम्मेवारी सम्हालेका छन्। शुक्रबार मन्त्रालयमा उनले औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उनलाई मन्त्रालयमा स्वागत गरेका छन्। 

सोमबारको मन्त्रिपरिषदको बैठकले मन्त्रालयमा कार्यरत सचिव हरिप्रसाद मैनालीलाई सरुवा गरेको थियो। मैनालीलाई सरुवा गरेपछि उनको स्थानमा शर्मालाई पठाइएको हो।

स्वास्थ्य सचिवबाट सरुवा भएका मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरूवा गरिएको छ।

मन्त्रिपरिषदको सोमबारको बैठकले स्वास्थ्यसहित विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरेको थियो।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट