२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

बारामा कारमा ठूलो परिमाणको लागुपदार्थ बरामदः भारतीय कारोबारीसहित दुई जना पक्राउ

जनकपुरधाम– बारा प्रहरीले भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुपदार्थ बरामद गरेको छ । प्रहरीले लागुपदार्थ बोकेको कारसहित दुई भारतीय कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत भैसाली ग्राम हुसेनाराके- १२ का २७ वर्षीय धिरजकुमार सिंह र मोतिहारी ग्राम कटगेनवा- १२ का १८ वर्षीय चन्दनकुमार पटेल छन् । उनीहरु दुबै जना भारतबाट कारमा लागुपदार्थ भित्र्याएको अवस्थामा पक्राउ परेको बाराका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

Ncell 2
Ncell 2

उनका अनुसार सिंह कारका चालक हुन् भने चन्दन लागुपदार्थ कारोबारी । बीआर ०१ बीयू ३४८५ नम्बरको भारतीय कारबाट २१ हजार ६०० ट्रमाडोल हाइड्रोक्लोरिड क्याप्सुल र ७६ बोतल ओनरेक्स नामक लागुपदार्थ बरामद भएको छ । उक्त लागुपदार्थ कारको सीटमुनि र ढोकासहितका ठाउँमा लुकाएको अवस्थामा बरामद भएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले भारतबाट छिरेको कारलाई जीतपुर सिमरा उपमहानगरपालिका- २१ मा जेकचाँच गरेको थियो । सो क्रममा कारमा ठूलो परिमाणमा लागुपदार्थ भेटिएपछि चालक र कारोबारीसहित कार नियन्त्रणमा लिएको डीएसपी पण्डितले बताए ।

प्रहरीको तथ्यांकअनुसार मधेश प्रदेशमा दैनिक ५ देखि २५ जनासम्म लागुपदार्थ कारोबारी तथा सेवनकर्ता पक्राउ पर्ने गरेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट