२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

गुगलले ल्यायो सांकेतिक भाषालाई अक्षर वा आवाजमा रूपान्तरण गरिदिने एआई मोडेल

काठमाडौँ । गुगलले ‘साइनजेम्मा’ (SignGemma) नामक नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । यो मोडेलले सांकेतिक भाषालाई स्मार्टफोन, ट्याब्लेट, ल्यापटपजस्ता उपकरणमा वास्तविक समयमा अक्षर वा आवाजमा रूपान्तरण गरिदिने कम्पनीको दाबी छ ।

यो मोडेल इन्टरनेटबिना पनि चल्ने भएकाले ग्रामीण वा कमजोर कनेक्टिभिटी भएका स्थानका प्रयोगकर्ताहरूलाई विशेष फाइदा पुग्ने बताइएको छ । 

गुगलका अनुसार, साइनजेम्माले केही उपकरणहरूमा २०० मिलिसेकेन्डभन्दा कम समयमा रूपान्तरण गर्न सफल भएको छ । साथै, यो मोडेलले भिडिओ डेटा स्थानीय रूपमा प्रक्रिया गर्ने भएकाले प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने दाबी गरिएको छ ।

गुगलको ‘जेमिनाइ नानो’ फ्रेमवर्कमा आधारित यस मोडेलले हातका संकेत, अनुहारका भाव र गति विश्लेषणमार्फत सांकेतिक भाषा बुझ्न सक्छ । त्यसपछि, सानो भाषा मोडेलमार्फत यसलाई अंग्रेजीमा अनुवाद गरिन्छ ।

हाल गुगलले यसको सीमित प्रिभ्यू संस्करण मात्र उपलब्ध गराएको छ । यसमा भाषासम्बन्धी सेवा प्रदायकहरू, पहुँच अनुसन्धानकर्ता र श्रवण तथा बोल्न असमर्थ समुदायका सदस्यहरू सहभागी छन् । यो सेवा चाँडै सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १७:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट