२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

सवारी दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु

वीरगञ्ज– पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका – ७ रेलवे रोड कुम्हाल टोलमा मङ्गलवार राति भएको सवारी दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मधेस प्रदेश ०३-००२ स ४३८८ नम्बरको लोडरले पैदल यात्रीलाई ठक्कर दिँदा उक्त घटना भएको हो।

मङ्गलवार राति ८:३५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लोडरले अन्दाजी २८ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। लोडर वीरगञ्ज महानगरपालिका – १६ भुटनदेवी टोलका नारायण प्रसाद बरनवालका छोरा २१ वर्षीय किशन बरनवालकाले चलाएका थिए। ठक्करबाट गम्भीर घाइते भएका पुरुषको टाउकोमा गहिरो चोट लागेको थियो।

Ncell 2
Ncell 2

घाइतेलाई तत्काल नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि लगिएको थियो। तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो एन्ड जनरल अस्पतालमा चिकित्सक थियो। त्यहाँ चिकित्सकहरूले उनलाई राति १२:३५ बजे मृत घोषणा गरेका थिए। 

प्रहरीले घटनास्थलमा पुगी शवको जाँच तथा प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। मृतकको शव हाल नारायणी अस्पतालको शव गृहमा राखिए पनि उनको पहिचान अझै हुन सकेको छैन। मृतकको हुलियामा ५ फिट ६ इन्च उचाइ, मझौला शरीर, आकाशे रङ्गको हाफ टी-सर्ट, निलो जिन्स प्यान्ट र तराई मूलको जस्तो देखिने पर्सा प्रहरीले पठाएको सूचनामा उल्लेख छ। 

जिल्ला प्रहरी कार्यालय पर्साले मृतकलाई चिन्ने जो-कोहीलाई सम्पर्क गर्न अनुरोध गरेको छ। सम्पर्क नम्बरहरू ९८५५०९०१३६, ९८५५०९०३२९ र ९८५५०२८२८५ उपलब्ध छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट