काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्ना दुई नयाँ स्मार्टवाच नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि ह्वावे वाच फिट फोर र ह्वावे वाच फिट फोर प्रो आउँदो साता सार्वजनिक गर्न लागेको हो ।

ह्वावे वाच फिट फोरमा स्लिम बेजलसहित १.८२ इन्चको एमोलेड डिस्प्ले दिइएको छ । यसमा २४/७ मुटुको धड्कन ट्रयाक गर्न मिल्ने सुविधा, एसपीओटु ट्रयाकिङ, एड्भान्स्ड स्लिप र स्ट्रेस मनिटरिङ जस्ता हेल्थ फिचरहरू उपलब्ध छन् ।
यसको फिटनेस मोडमा थप सुविधा दिएको छ, जसमा पिलाटे, योगा लगायत अन्य बाह्य गतिविधि लक्षित मोडहरू छन् । एक पटक फुल चार्ज गरेपछि यो वाच १० दिनसम्म टिक्ने कम्पनीको दाबी छ । यसमा ह्वावेको आफ्नै हार्मोनी ओएस प्रयोग गरिएको छ ।
त्यस्तै, ह्वावे वाच फिट फोर प्रोमा पनि १.८२ इन्चको एमोलेड स्क्रिन छ । प्रयोगकर्ताको स्वास्थ्यलाई ध्यानमा राखी यसमा ईसीजी, स्किन टेम्प्रेचर मेजरमेन्ट, ट्रुसेन्स (TruSense) हेल्थ मनिटरिङ सिस्टम जस्ता फिचर राखिएका छन् । स्ट्राप परिवर्तन गर्न सकिने यो स्मार्टवाच पनि एक पटकको चार्जमा १० दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।

यी वाचको मूल्यबारे आधिकारिक जानकारी आइसकेको छैन ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १४:३४
सामाग्री श्रोत :
टेक पाना