२०८२ कार्तिक २३ शनिबार
२०८२ कार्तिक २३ शनिबार

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्य मन्त्री पौडेलको सम्मान

काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई ‘इतिहास रच्ने क्षण’ भन्दै बधाई दिए। 

उनले मष्तिष्क मृत्युपछि अंग दान गरी जीवन बचाउन सकिने यथार्थको उदाहरणस्वरूप शेर्पाको यो अभियानले जनचेतना फैलाउने विश्वास व्यक्त गरे।

‘अहिले पनि अंगदाताको अभाव छ, तर पेम्बा शेर्पाको सन्देशले अंगदानप्रतिको सोचमा परिवर्तन ल्याउने छ,’ मन्त्री पौडेलले भने।

उनले हिमाल आरोहणको कठिन र जोखिमपूर्ण काममा संलग्न भरियाहरुको अझै पनि स्वास्थ्य बीमा नभएकोप्रति चिन्ता व्यक्त गर्दै, ‘अब भरियाको बीमाका लागि मन्त्रालयले पहल थाल्नेछ,’ भन्ने जानकारी पनि दिए।

पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि आफूले जीवनलाई पुनः पाएको महसुस गर्दै यो आरोहणले आत्मबल अझै बढाएको बताए।

‘जीवनमा केही पनि असम्भव छैन भन्ने कुरा मैले सगरमाथामा हिँड्दा महसुस गरेँ,’ शेर्पाले भने।

शेर्पाको मिर्गौला विफल भएपछि तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मार्च २२, २०२४ मा लोबुचे हिमाल र त्यसपछि मे १४ मा सगरमाथाको सफल आरोहण गर्दै इतिहास बनाएका हुन्।

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा सफल आरोहण गर्ने शेर्पा संसारकै पहिलो आरोही हुन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट