२०८२ जेष्ठ १८ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ १८ शनिबार

कान्छी सांसद्को माग- ‘डिजिटल भुक्तानीमा भ्याट हटाउनु स्वागतयोग्य, सबै कारोबार निःशुल्क हुनुपर्छ’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले आगामी आर्थिक वर्ष २०८२/८३ देखि डिजिटल कारोबारमा लाग्दै आएको कर हटाउने सरकारी निर्णयको प्रशंसा गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सांसद् डाँगीले डिजिटल कारोबारलाई करमुक्त मात्र नभई पूर्ण रूपमा निःशुल्क बनाउनुपर्नेमा जोड दिएकी छन् ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल कारोबारमा लाग्ने कर खारेज भएको घोषणा गरेका थिए । 

“मैले सदनमा डिजिटल भुक्तानी निःशुल्क गर्नुपर्छ भन्दै सात पटकसम्म बोलेँ, अर्थमन्त्री ज्यूलाई पत्र बुझाएँ, प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ र अर्थ समितिमा छलफल चलाउन अनुरोधसमेत गरेँ,” प्रतिनिधि सभाकी कान्छी सांसदसमेत रहेकी उनले लेखेकी छन्, “मैले सदन र सार्वजनिक मञ्चमा निरन्तर उठाउँदै आएको विषय आर्थिक वर्ष २०८२/८३ को बजेटमा सम्बोधन भएको छ । बजेटमा डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने निर्णय सकारात्मक छ ।”

डाँगीले कर हटाउने निर्णयमात्र पर्याप्त नभएको बताउँदै दिगो र सबल डिजिटल भुक्तानी प्रणालीका लागि आधुनिक पूर्वाधार विकास अत्यावश्यक रहेको औंल्याइन् । “बिस्तारै डिजिटल कारोबार पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था गरिनुपर्छ । र म त्यसको लागि निरन्तर लागिरहनेछु,” उनले थपिन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १३:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट