२०८२ जेष्ठ १७ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ १७ शुक्रबार

हमासका गाजा प्रमुख सिनवार मारिएको इजरायलको दाबी

एजेन्सी– हमासका गाजा प्रमुख मारिएको इजरायलले दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका गाजा प्रमुख मोहम्मद सिनवार मारिएको दाबी गरेका हुन् । 

सिनवार इजरायलले मोस्ट वान्टेडको सूचीमा राखिएकामध्ये हमासका पूर्व नेता याह्या सिनवारका भाई थिए । 

मोहम्मद सिनवारलाई लक्षित गर्दै दक्षिणी सहर खान युनुसस्थित यूरोपियन अस्पतालको प्रांगढ र त्यस आसपास क्षेत्रमा आक्रमण गरिएको थियो । उक्त आक्रमणमा हमासको भूमिगत संरचना ध्वस्त भएको बताइएको छ । 

Ncell 2
Ncell 2

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणमा २८ जना मारिएका छन् । हमासले सिनवारको मृत्युको पुष्टि गरेको छैन । 

याह्या सिनवारलाई गतवर्ष नै इजरायली सेनाले मारेको थियो । याह्या सन् २०२३ अक्टुबर ७ मा भएको  हमासको आक्रमणका मुख्य योजनाकर्ता रहेको बताइएको थियो । 


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट