२०८२ जेष्ठ १७ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ १७ शुक्रबार

आफताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि देउवाको पुरानो ‍अभिव्यक्ति भाइरल

काठमाडौँ । बम विस्फोट र हत्या आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता आफताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । सञ्जाल प्रयोगकर्ताहरूले यस विषयमा विभिन्न टीकाटिप्पणी गर्दै अनलाइन खबरमा प्रकाशित पुरानो समाचारको स्क्रिनशट व्यापक रूपमा शेयर गरिरहेका छन् ।

शेयर गरिएको स्क्रिनशटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘आफताब आलमलाई छुटाउन लागिरहन्छु’ भन्ने शीर्षक देखिन्छ । यो अभिव्यक्तिलाई जोड्दै प्रयोगकर्ताले अदालतको फैसला र राजनीतिक संरक्षणप्रति प्रश्न उठाएका छन् ।

बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिने फैसला सुनाएपछि यस विषयमा आमप्रयोगकर्ताले आफ्ना प्रतिक्रिया दिएका छन् । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको फैसलालाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको अभियोगमा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

के थियो घटना ?

२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साविक राजपुर फरहदवा–४ (हाल राजपुर नगरपालिका) मा रहेको आलमको काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी घाइते भएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर मियाँलगायतलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप आलममाथि लागेको थियो । चुनावमा त्रास फैलाएर बुथ कब्जा गर्ने उद्देश्यले आलमले भारतीय नागरिकलाई बोलाएर बम बनाउन लगाएको अभियोगपत्रमा उल्लेख थियो ।

यही घटनामा संलग्न भएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का तत्कालीन सांसद आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । उनी त्यसयता पुर्पक्षका लागि थुनामा थिए ।

आलम पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममा आलमलाई ‘पुरानो झूटो मुद्दामा फसाइएको’ भन्दै उनलाई छुटाउन आफूले प्रयास गरिरहने बताएका थिए । सोही अभिव्यक्तिसहितको समाचारको स्क्रिनशट अहिले आलमले सफाइ पाएसँगै सामाजिक सञ्जालमा भाइरल गराइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ २०:२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट