२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

स्वास्थ्य मन्त्रालयको बजेट बढ्ने, १३ अर्ब सिलिङ थपियो

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि बजेट बढाउने भएको छ। चालु आर्थिक वर्षको तुलनामा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक खर्ब हाराहारीमा बजेट पाउने देखिएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्रारम्भिक सिलिङभन्दा थप १३ अर्ब रुपैयाँ बढी रकम पाएको छ। मन्त्रालयलाई सुरुमा ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। यो रकम चालु आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम थियो।

आगामी आर्थिक वर्षका लागि रकम कम भएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पटक पटक आग्रह गरेपछि मन्त्रालयले थप १३ अर्ब बढी रकमको सिलिङ पाएको हो। थपिएको रकमपछि स्वास्थ्य मन्त्रालयले ९६ अर्बको सिलिङ प्राप्त गरेको छ।

‘स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निरन्तर अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल र अनुरोध गरेपछि थप १३ अर्ब रुपैयाँको बजेट प्राप्त गर्न सफल भएका हौं,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘थपिएको रकमबाट नीति तथा कार्यक्रममा आएका नयाँ कार्यक्रमहरु अगाडि बढाउन सकिने छ।’ 

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्री पौडेलले पनि आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा केही नयाँ योजना ल्याउन चाहिरहेको र त्यसका लागि थप बजेट आवश्यक थियो। स्वास्थ्य मन्त्री पौडेलले यस अघि सार्वजनिक रुपमा थप तथा विस्तार गर्ने प्रतिबद्धता जनाएका महत्वपूर्ण नीतिगत कामहरुले पनि गति लिने स्रोतले जानकारी दियो। 

‘बजेट थपिएसँगै अब सातै प्रदेशको क्यान्सर उपचार विस्तारित सेवा, जलन उपचार सातै प्रदेशमा व्यवस्थित गर्न, मानव अंग प्रत्यारोपण प्रादेशिक अस्पतालहरुमा विस्तार गर्न, न्यूरो अस्पताल स्थापना, मधेश प्रदेशमा किड्नी सेन्टर स्थापना,  स्वास्थ्य बीमा सुधार तथा बक्यौता शून्यमा झार्ने लक्ष्य, नागरिकलाई निरोगी बनाउने राष्ट्रव्यापी अभियान, नसर्ने रोगको समयमै पहिचानका लागि राष्ट्रव्यापी कार्यक्रम, घर टोलमा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम, सबै तहमा जनस्वास्थ्य अधिकृत व्यवस्था लगायतका कार्यक्रमहरु अगाडि बढ्ने छ,’ स्रोतले भन्यो।

आगामी आर्थिक वर्षका लागि बिहीबार संसदमा बजेट सार्वजनिक हुँदै छ। संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने कार्यतालिका रहेको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट