२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

‘म गृहमन्त्री भएर आएपछि अध्यागमन प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाइएको छ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि अध्यागमन प्रणाली सुधार गर्न सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताएका छन् । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलनमा गर्दै गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सेवामा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिमा आधारित सेवा लागु गरिएको दाबी गरे । 

“म गृहमन्त्री भएर आएपछि अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको छ,” उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थलमा डेस्क थप गरिएको छ । भिसा स्क्यानिङ प्रणालीको सुरुवात गरिएको छ । साथै, सुरक्षा प्रबन्ध पनि मजबुत बनाइएको छ ।”

भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्री लेखकले त्यसमा आफू कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरे । उनले आफूविरुद्ध नियोजित रूपमा राजनीतिक पूर्वाग्रहका साथ आक्रमण भइरहेको भन्दै त्यसलाई षड्यन्त्रपूर्ण करार दिए ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १८:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट