२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

ट्रमा सेन्टरमा ‘ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट’ तालिम सुरु

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले पाइलट प्रोजेक्टमा रुपमा ‘ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट’ तालिम सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपत्यकाभित्रका विभिन्न अस्पतालका मेडिकल अधिकृतलाई उक्त तालिम दिइने बताए। 

तालिमको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औपचारिक सुरुवात गरेका छन्। उनले व्यवसायिक क्षमता अभिवृद्धिका लागि नियमित तालिमको आवश्यक पर्ने भन्दै ट्रमा केयर तालिमले गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने बताए। 

पहिलो चरणको तालिममा २४ जना सहभागी छन्। राष्ट्रिय तालिम केन्द्रको सहयोगमा सेन्टरले ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरु गरेको हो। विस्तारै क्यालेन्डर प्रोगामका रुपमा राखिने अस्पतालका प्रमुख मेसु डा रिजालको भनाइ छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले तालिमले चिकित्सकको सीप विकासमा भूमिका खेल्ने बताए। उनले थपे, ‘सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक प्रयोग हुने भएकाले काममा रुपान्तरण गर्दा यसले भूमिका खेल्नेछ।’

तालिम केन्द्रका निमित्त निर्देशक डा माधव लम्सालले नेपालको स्वास्थ्य प्रणालीमा यस्ता तालिमले नयाँपन दिने बताए। उनले भने,  ‘प्रिहस्पिटल, हस्पिटल र पोष्ट हस्पिटल केयरमा इन्जुरी र ट्रमाका विषयमा तालिम दिइनेछ। कतिपय अवस्थामा ज्ञान पुरानो हुनसक्छ वा नयाँ अभ्यास र अध्ययनले फरक पारेको हुनसक्छ। यसले अपडेट गराउनेछ।’

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट