२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

गृहमन्त्री लेखकको प्रश्न- ‘सामाजिक सञ्जाल र मिडियामा कुरा उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने ?’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जाल वा सञ्चार माध्यममा आलोचना भयो भन्दैमा तुरुन्तै राजीनामा दिनुपर्ने कुरा औचित्यहीन भएको बताएका छन् ।

भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपसहित विपक्षीले संसदमा उनी बोल्न नदिएपछि सोमबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले उक्त भनाइ राखेका हुन् ।

“सामाजिक सञ्जाल र सञ्चार माध्यममा कुरा उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने अवस्था आयो भने के होला,” उनले भने, “कुनै पनि विषय उठ्न सक्छ । तर त्यसलाई ठीक ढंगले गम्भीर रूपमा लिएर निष्कर्षमा पुग्नुपर्छ ।”

उनले आफूविरुद्ध नियोजित रूपमा राजनीतिक पूर्वाग्रहसहित आक्रमण भइरहेको दाबी गर्दै यसलाई षड्यन्त्रपूर्ण भने । साथै, उनले आफ्नो राजनीतिक तथा व्यक्तिगत जीवन खुला रहेको भन्दै सार्वजनिक रूपमा आफूलाई सबैले नियालिरहेको उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १७:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?