२०८३ भाद्र ३० मंगलवार
LATEST NEWS
२०८३ भाद्र ३० मंगलवार

तेह्रथुमको सरस्वती माविद्वारा चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की सम्मानित

तेह्रथुम– नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीलाई तेह्रथुमको सरस्वती माध्यमिक विद्यालयले सम्मान गरेको छ। विद्यालयलाई बस उपलब्ध गराउन महत्त्वपूर्ण सहजीकरण गरेको योगदानको कदर गर्दै डा कार्कीलाई सम्मान गरिएको हो।

डा कार्कीको पहलमा भारतीय दूतावासमार्फत विद्यालयका लागि बस उपलब्ध गराइएको थियो। उक्त बसले विद्यार्थीहरूलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै शैक्षिक गतिविधिलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो। डा कार्कीले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्दै यस्ता सहयोगले शिक्षाको पहुँच र गुणस्तर वृद्धि हुने बताए।

विद्यालयका शिक्षक तथा  विद्यार्थीहरुले डा कार्कीको सहयोगले विद्यालयको शैक्षिक वातावरणमा ठूलो योगदान पुगेको भन्दै आभार व्यक्त गरे।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट