काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यस दुर्घटनामा १९ जना घाइते भएका छन्।

मंगलबार राति भएको यस दुर्घटनापछि छ जना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ।
स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो।
सामाग्री श्रोत :
चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट, कम्तिमा पाँच जनाको मृत्यु
