दार्चुला –नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो । बाटोमा हिँडिरहेका उनिमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
