२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

बुटवलमा एक महिला सहित दुई बालिकाको बीभत्स हत्या, एक जना पक्राउ

रुपन्देही – बुटवलको होराइजन चोकमा एक महिलासहित दुईजना बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू– ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या गरेका हुन् ।

दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् । मृतक दुई बालिका शंकर र दीपाकी सन्तान हुन् । 

Ncell 2
Ncell 2

महिला र बालिकाहरूको हत्या गर्ने सुजन यस अघि आफ्नै दाजुको हत्या गरी जेल चलान भई केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ । 

प्रहरीका अनुसार, कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए । बिहानैको समयमा चक्कु र घन प्रयोग गरी ती तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए । मृतक दीपा स्वास्थ्यकर्मी थिइन् र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन् । हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट