२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

लखनउ माथि सानदार जित निकाल्दै आरसीबी क्वालिफायर १ मा, जितेश शर्माको उत्कृष्ट ब्याटिङ

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले इतिहासकै तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको छ ।

मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै बेंगलुरुले अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ । अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर–१ खेल्नेछ ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए । मयंक अग्रवालले २३ बलमा अविजित ४१ रनको योगदान दिए । दुवैले १०७ रनको साझेदारी गरे ।

Ncell 2
Ncell 2

यस्तै विराट कोहलीले ५४ रन बनाए । उनले यस सिजनको ८ औं र समग्रमा ६३ औं आईपीएल अर्धशतक प्रहार गरे । उनले आईपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने क्रममा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडे । 

बेंगलुरुले टस जितेर पहिले बलिङ रोजेको थियो । यस्तोमा लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो ।

पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए । उनले ११ चौका र ८ छक्का प्रहार गरे । तर उनको शतकीय पारी हारसँगै छायामा परेको छ । उता मिचेल मार्शले ६७ रन बनाउँदै योगफल २०० माथि लैजान योगदान दिएका थिए । आईपीएलमा भोली देखि प्ले अफका खेलहरु हुनेछन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?